वल्डभिजन इन्टरनेशनलको सहयोगमा अन्तर धार्मिक राष्ट्रिय सञ्जाल (निरन नेपाल) को आयोजनामा ललितपुरमा भएको एक कार्यक्रमका क्रममा सरोकारवालाले यस्तो प्रतिबद्धता जनाइएका हुन् । लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान र मर्यादित महिनावारी दिवसका अवसरमा आयोजित कार्यक्रममा हिंसा प्रभावितहरूको मानसिक स्वास्थ्य लगायतको उपचार गर्ने संस्था (ओसिएमसि) का सहायक प्राध्यापक डाक्टर सिर्जना कुँवरले काठमाण्डौमै महिनाबारीको बेलामा ठूलो बिभेद भएकाले बिभेद खोज्न टाढा जान नपर्ने उहाँले बताउनु भयो ।
कार्यक्रममा अपांग महिला महासङ्घ, राष्ट्रिय महिला आयोगका प्रतिनिधि, विभिन्न धर्म गुरू, अधिकारकर्मी र पत्रकारहरूको उपस्थिति रहेको थियो । नेपालको संविधानले प्रत्याभुत गरेका मौलिक अधिकार तथा कानुनले अपांगता भएका व्यक्तिहरुको अधिकार कार्यान्वयनमा नआएको अवस्थामा महिनाबारीको समयमा अपांगता भएका महिलाहरुले धेरै समस्या भोग्नु परेको अपांगता भएका व्यक्तिहरुले बताए । मर्यादित महिनावारी अभियान्ता राधा वाग्लेले सरकारले भएका नीतिहरु कार्यान्वयनमा कुनै काम गर्न नसकेको बताउनु भयो