बाल विवाह अन्त्यका लागि  घोडाघोडी मन्दीर समितीको  पहल

विभिन्न धार्मीक मान्यता अनुसार विवाहलाई एउटा विशेष परम्परा तथा संस्कारको रुपमा लिईन्छ । सामान्य रुपमा परमपरागत रुपमा विकास भएको सोचको आधारमा हेर्दा विवाहलाई महिनावरी सुरु हुनु पुर्व नै गर्दा पुन्य हुन्छ भन्ने मान्यता यदाकदा यथावत रहेको पाईन्छ । समयको विकासक्रम संगै यस प्रकारको सोचमा परिवर्तन आएको पाईउता पनी बाल विवाह समाज विद्यमान समाजमा पनी नया रुपमा जरा गाढेर रहेको पाईन्छ । समयको विकास संगै भएका विभिन्न प्रविधिको विकास , जिवन उपयोगी सिपको कमी , सकारात्मक अभिभावकत्व आदीले गर्दा बाल विवाह अझ पनी समाजमा व्यप्त रहेको पाईन्छ । हिन्दु संस्कार अनुसार विवाहलाई पवित्र मन्दीरमा गर्दा राम्रो फल तथा धर्म गरीएको मानीने अझ मन्दीरका देवीदेवतालाई साक्षी राखेर विवाह गरे दिगो तथा भगवालको आर्शिवाद प्राप्त गर्न सकिन्छ भन्ने प्रचलन रहेको पाईन्छ । यसरी विवाह गर्नको लागि  श्रदाहरु आउने कैलाली जिल्लाको प्रमुख स्थान हो घोडाघोडी मन्दीर परिसर । जहा विवाहको सिजन अथवा तिथी रहेको वेलामा वाषर््िाक रुपमा २५० देखि ३०० सम्म विवाहहरु भएको पाईन्छ ।

सिपको कमी , सकारात्मक अभिभावकत्व आदीले गर्दा बाल विवाह अझ पनी समाजमा व्यप्त रहेको पाईन्छ । हिन्दु संस्कार अनुसार विवाहलाई पवित्र मन्दीरमा गर्दा राम्रो फल तथा धर्म गरीएको मानीने अझ मन्दीरका देवीदेवतालाई साक्षी राखेर विवाह गरे दिगो तथा भगवालको आर्शिवाद प्राप्त गर्न सकिन्छ भन्ने प्रचलन रहेको पाईन्छ । यसरी विवाह गर्नको लागि  श्रदाहरु आउने कैलाली जिल्लाको प्रमुख स्थान हो घोडाघोडी मन्दीर परिसर । जहा विवाहको सिजन अथवा तिथी रहेको वेलामा वाषर््िाक रुपमा २५० देखि ३०० सम्म विवाहहरु भएको पाईन्छ ।

२०७७ मा वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र निरन नेपालको साझेदारीमा संचालीत ःइच्ब्ी ख्बगिभ परियोजना लागु भयो र घोडाघोडी अन्तर धार्मिक संजाल गठन गरयिो । जुन समितिमा हिन्दु धर्मको गुरुको प्रतिनिधीको रुपमा ज्ञानचन्द्र उपाध्याय  पनी सदस्य रहनु भयो । ज्ञानचन्द्र गुरु घोडाघोडी मन्दीर परिसर भित्र संचालीत विराट सनातन धर्म संस्कृती गुरुकुल तथा विद्यालयका पैधानाध्यपक पनि हुनुहुन्छ । ज्ञानचन्द्र अन्तरधार्मिक संजालको समितिमा सहभागी भए पश्चात परियोजनावाट प्रदान गरउका विभिन्न तालिम तथा अभिमुखिकरणमा सहभागी हुनु भयो र सो पश्चात आफ्नो संस्था तथा परिषरमा नया सुरुवातको लागि प्रतिवद्धता जनाउदै एउटा नया सुरुको थालनि गर्नु भयो । त्यो नया सुरुवात थियो घोडाघोडी मन्दीर परिषरमा कुनै पनि उमेर नपुका विवाह गर्न तथा गराउन नदिने । यसको लागि यउटा रजिष्टरमा त्यहा हुन लागेको विवाहको दुलाह तथा दुलहीको उमेर सहित जन्म पत्रीकाको अधारमा टिपोट गरी २० वर्ष पुगेका विवाहहरुलाई मात्र विवाह कार्य गर्नको लागि स्विकृती दिने कार्यको थालनी गनु भयो । यस कार्यको संग संगै यस क्षेत्रमा कोई कसैलाई जातियरुपमा भेदभाव नगरी सबै जातिका विवाहलाई स सम्मान विधि पुर्वक गर्ने कार्यको थालनी गर्नु भएकोछ । जसमा २०७७ साल माघ पहिना पछि सो मन्दिर परिषरमा १ वटा पनी बाल विवाह भएको छैन र कसैले पनि जातकै आधारमा सो पवित्र,देवस्थलवाट विवाह सम्पन्न नगरी फिर्ता हुनु परेको तथ्यांक छैन ।

इसरी माथी उल्लेखित तथ्यांकको आधारमा हिन्दु परम्परा अनुसार अनिवार्य संस्कार मध्यको १ विवाह संस्कारलाई उमेर नपुगेको विवाहलाई सो देव स्थलमा संचालन हुन नदिनुले पनि समाजमा एउटा सकारात्मक सन्देश संचार भएको पाईन्छ । साथ साथै सबै जातजातीको विवाह कुनै पनि भेदभाव विना स सम्मान परम्पारगत रुपमा संचालन गरीने हुदा समाजमा जरा गाडेर रहेको जातिय भेदभाव न्युनीकरणको लागि पनि कोशे ढुंगा सावित हुने देखिन्छ ।