सबल विश्वदृष्टिकोणमा धार्मिक अगुवाहरू र साझेदार संस्थाका कर्मचारीहरूको प्रशिक्षण पुनरावलोकन सत्र सम्पन्न

प्रदीप दास, रौतहट ।

माघ ०५ गते , शनिबार ।

सर्लाही जिल्लाको हरिवनस्थित सीता प्यालेस होटेलमा सबल विश्वदृष्टिकोण सम्बन्धी प्रशिक्षण पुनरावलोकन सत्र भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा धार्मिक अगुवाहरू र साझेदार गैरसरकारी संस्थाका (PNGO) कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यो प्रशिक्षणले समुदायमा सकारात्मक परिवर्तन ल्याउन तथा विभिन्न चुनौतीहरूको सामना गर्न सबल विश्वदृष्टिकोणलाई कसरी प्रभावकारी रूपमा उपयोग गर्न सकिन्छ भन्ने बारेमा गहन छलफल र व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।

कार्यक्रमको प्रारम्भमा सहभागीहरूले प्रशिक्षणको महत्वबारे आ–आफ्ना धारणा प्रस्तुत गर्दै सामुदायिक सशक्तिकरणका लागि धार्मिक तथा सामाजिक अगुवाहरूको भूमिकाबारे छलफल गरिएको थियो । प्रशिक्षकहरूले धार्मिक मूल्यमान्यताका आधारमा समुदायलाई एकीकृत गर्न, सहकार्यका नयाँ ढाँचाहरू निर्माण गर्न र समाजमा दीर्घकालीन प्रभाव पार्ने योजनाहरू बनाउन प्रेरित गरिएको थियो ।

प्रशिक्षणमा सहभागीहरूलाई पाँचवटा मूल स्तम्भहरू – परिचय, दृष्टि, दायाँ/करुणा, सम्बन्ध र आस्था  को आधारमा सबल विश्वदृष्टिकोणलाई बुझाउने प्रयास गरिएको हो । सहभागीहरूले यी स्तम्भहरूको महत्वलाई आत्मसात् गर्दै समुदायमा लागू गर्न सकिने व्यवहारिक उपायहरूबारे जानकारी प्राप्त गरे ।

परिचय: व्यक्तिको पहिचान र भूमिकाको सही परिभाषा ।

दृष्टि: दीर्घकालीन लक्ष्य निर्धारण र सामुदायिक हितका लागि साझा उद्देश्य स्थापना ।

दायाँ/करुणा: सहानुभूति र सहयोगको महत्व, जसले समाजमा एकताको भावना पैदा गर्छ ।

सम्बन्ध: व्यक्तिहरूबीचको सम्बन्धलाई बलियो बनाउन विश्वास र आदरको भूमिका ।

आस्था: धार्मिक र नैतिक आधारभूत मूल्यहरूको सकारात्मक प्रयोग ।

सत्रको अन्त्यमा सहभागीहरूले आफूहरूले प्राप्त गरेको ज्ञानलाई आफ्नो कार्यक्षेत्र र समुदायमा कसरी प्रभावकारी रूपमा लागू गर्ने भन्नेबारे आफ्नो योजना प्रस्तुत गरे । सहभागीहरूका अनुसार यो प्रशिक्षणले उनीहरूलाई व्यक्तिगत तथा सामुदायिक समस्याहरू समाधान गर्न नयाँ दृष्टिकोण प्रदान गरेको छ । धार्मिक अगुवाहरूले विशेष गरी समुदायमा शान्ति, सद्भाव र एकता कायम गर्न सबल विश्वदृष्टिकोणको भूमिका अत्यन्त प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

प्रशिक्षणका मुख्य प्रशिक्षकहरूले समुदायलाई सकारात्मक दिशामा लैजान धार्मिक अगुवाहरू र साझेदार संस्थाका कर्मचारीहरूको भूमिकालाई अपरिहार्य ठहर गर्दै भने, “धार्मिक दृष्टिकोण र व्यवहारिक दृष्टान्तहरूको संयोजनले समाजमा ठूलो परिवर्तन ल्याउन सक्छ। यस प्रशिक्षणको मुख्य उद्देश्य भनेकै सबैलाई एउटै मञ्चमा ल्याएर सहकार्यका लागि प्रेरित गर्नु हो।”

सत्रमा सहभागीहरूले यस प्रकारका प्रशिक्षणले उनीहरूको व्यक्तिगत र व्यवसायिक जीवनमा ठूलो प्रभाव पार्ने कुरा व्यक्त गरे। “यो प्रशिक्षणले हामीलाई हाम्रो समुदायमा नयाँ दृष्टिकोणबाट काम गर्न हौसला दिएको छ। सम्बन्ध, आस्था र करुणाको माध्यमबाट समुदायलाई कसरी शान्तिपूर्ण र समृद्ध बनाउने भन्ने ज्ञान पाउँदा अत्यन्तै खुसी लाग्यो,” एक सहभागीले बताए ।