
वैशाख,सुखड ३१ गते । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा बुधवार सकारात्मक अभिभावकत्वको लागी मानसिक स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग र निरन नेपालको आयोजनामा कार्यक्रम भएको थियो ।
अभिभावकले आफ्ना अनगन्ती खुसी, इच्छा, चाहना तथा समस्याहरूलाई व्यवस्थापन गर्दै बालबालिकाको विकास र सर्वोत्तम हितको लागि सधैँ प्रयासरत रहनुपर्छ भन्ने बारेमा चर्चा गरीएको थियो । कार्यक्रममा सहजीकरण मानसिक स्वास्थ्य मनोपरामर्श विज्ञ रेनुका मानन्धरले गर्नु भएको थियो । प्रेरणादायी घरमा अभिभावकहरूले सकारात्मक संवाद, प्रोत्साहन, प्रशंसा,उत्प्रेरणाजस्ता कुरा गर्छन्, जसले गर्दा बालबालिकाहरूमा आत्मविश्वास पढाउने उनको भनाई थियो ।
बालबालिकाका गल्ती तथा कमजोरीहरूलाई सिकाइका रूपमा प्रस्तुत गर्दै नयाँ कुरा सिक्न र गर्न अभिप्रेरित गर्छन्, जसले बालबालिकामा सकारात्मक सोचको विकास गर्दै आशावादी दृष्टिकोणको विकास गर्न उत्प्रेरित गर्छ र सकारात्मक भविष्यको आधारशिला निर्माण गर्न सहयोग पुग्ने उनको भनाई थियो ।
बालबालिकासँगै खेल्ने, रमाउने, दौडने उफ्रिने कराउने, खित्का छाडेर हाँस्ने, तकिया हानेर खेल्ने, सँगै रोएर खेल्ने, लडिबुडी गर्ने गर्नुपर्दछ उनले भन्नुभयो,‘यसले बालबालिका लगायत आफ्नो पनि तनाव कम हुने र बालबालिकासँग भावनात्मक सम्बन्ध पनि बन्ने उनको धारणा रहेको थियो ।
अन्तर धार्मिक सञ्जाल घोडाघोडी नगर अध्यक्ष शिव प्रसाद ढकालको सभाध्यक्षमा कार्यक्रम भएको थियो । कार्यक्रममा १२ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू,फरक क्षमता भएका व्यक्तिहरू,धार्मिक सञ्जालका अगुवा, बालबालिका लगायत विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन निरन नेपालका सुदूरपश्चिम अधिकृत दिल बहादुर सिंहले गरेका थिए ।