२०८१ बैशाख ७, शुक्रबार २१:३२
राजिव शाह -सर्लाही | मनकामना पोष्ट
महिलाहिंसा विरुद्धको अन्तरधार्मिक संजाल (निरन )नेपाल सातदोबाटो,ललितपुरको आयोजनामा अन्तरधार्मिक अगुवाहरुलाई सबल विश्व दृष्टिकोण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार मलंगवा स्थित महेन्द्र होट्लमा भएको कार्यक्रममा अन्तधार्मिक अगुवाहरु बिच कार्यक्रम आयोजना गरिएको थियो ।
अन्तरधार्मिक संजाल जिल्ला अध्यक्ष डा.अब्दुल रहिमको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाको चन्द्रनगर, ब्रहम्पुरी,पर्सा र हरिपुर्वा नगरपालिका अन्तर धार्मिक अगुवाहरूले सहभगित जनाए । २ दिन सम्म सम्म संचालन कार्यक्रममा हिन्दु,इस्लाम र इसाई धर्मका अगुवाहरुले समाजमा एक आपसमा मिलेर सहकार्य गरि एक अर्कालाई सहयोग गरि समुदाय समाजलाई रुपान्तरण गर्न सकिने धार्मिक अगुवाहरुले जोड दिए ।
धर्म के हो ? धर्मले के सिकाउछ, भन्ने बिषयमा अन्तरधार्मिक अगुवाहरुले आफ्नो विचार सहितको प्रतिवेदन समेत तयार गरिएको छ । धर्म भन्दा पहिला हामी मानव हौ त्यसलाई अनुसरण गरेर समुदायलाई रुपान्तरण गर्न सकियो भने समाज परिवर्तन हुने संजालका अध्यक्ष डा. अब्दुल रहिम मिकरानीले बताउनुभयो ।
अन्तरधार्मिक संजाल (निरन )नेपाल आउने दिनमा धार्मिक गुरु बीच कार्यक्रम गरि समाज सुसूचित गर्नेगरी काम गर्ने निरन नेपालका कार्यक्रम अधिकृत अाशिष चौधरीले जानकारी दिनुभयो ।
कार्यक्रममा निरन नेपालका जिल्ला अध्यक्ष डा. अब्दुल रहिम मिकरानी,कार्यक्रम अधिकृत अाशिष चौधरीले,सहजकर्ता लक्षमी सुनार पासवान,बविता झा,मौलना आफ्ताव आल्म लगायत ४ वटै पालिकाका अन्तर धार्मिक अगुवाहरुको उपस्तिथि रहेको थियो ।