प्रदीप दास
राैतहट, चैत्र २९ गते ।
रौतहट जिल्लाको मध्यभागमा अवस्थित गरुडा नगरपालिकाको सभा हलमा बालबिबाह अन्त्य गर्न धार्मिक अगुवाहरुको भूमिका स्थापित गर्न स्थानीय सरकारसंग सहकार्य सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ ।
महिला हिंसा बिरुद्धको अन्तरधार्मिक राष्ट्रिय संजाल (निरन ) नेपालको आयोजक र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहयोगमा उक्त कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो ।
परमपरागत हानिकारक अभ्यासहरु बिशेष गरि बालबिबाह न्युनिकारण गर्ने बिश्वास अनुसार कामको उपयोग गर्न धार्मिक अगुवाहरु, स्थानीय सरकार, नागरिक समाजबिच राम्रो सम्बन्ध र साझा समझदारी निर्माण गर्ने कार्यक्रमको मूल उद्देश्य रहेको थियो ।
महिला हिंसा बिरुद्धको अन्तरधार्मिक राष्ट्रिय संजाल (निरन ) नेपालको रौतहट जिल्ला अध्यक्ष अनिसुर रहमानको सभापतित्वमा संचालन भएको कार्यक्रममा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी जैसवाल, प्रमुख प्रशासकीय अधिकृत मोहम्मद मुस्ताक आलम, वडाध्यक्षहरु, महिला सेल गरुडाको प्रमुख, धार्मिक अगुवाहरु पंडित, मौलना, पास्टरहरु लगायत स्थानीय पत्रकारहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको उद्घोष किरण कुमारी पासवानले गरेकी थिइन् ।https://rajdhanitoday.com/14019/