जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ६ जेठ
राष्ट्रिय अन्तर धार्मिक सञ्जाल नेपालको आयोजना तथा वल्र्ड भिजनको सहकार्यमा नेपाल पत्रकार महासंघको सभाहलमा आइतबार संचालित कार्यक्रममा महिला हिंसा विरुद्ध सबैले लाग्नु पर्ने आवश्यकता रहेको कुरा एकडारा गाउँपालिकाको अध्यक्ष तथा कार्यक्रमको प्रमुख अतिथि दिप नारायण मण्डलले बताउनु भएको छ ।
निरन नेपालको महोत्तरी जिल्ला अध्यक्ष हरि नारायण झाले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको प्रारम्भमा विभिन्न धर्मका गुरुहरुले आ—आफना धर्म अनुसारका प्रार्थना बाचन गर्नु भएका थिए । त्यसैगरी एकडारा गाउँपालिकामा संचालित निरन नेपालको कार्यक्रममा करिब ३ लाख खर्चमा त्यहाँका स्थानिय लक्षित वर्गले विभिन्न किसिमका सामाजिक कुरिति विरुद्ध लड्ने सामथ्र्य जुटाउन सफल भएको तथा त्यसबारे सचेतना पाएको कार्यक्रमको सहजकर्ता तथा प्रोग्राम अफिसर आशिष चौधरीले जानकारी गराउनुभयो । साथै सो कार्यक्रमको समिक्षा समेत गरिएको थियो ।
त्यसैगरी कार्यक्रममा उपस्थित महिला तथा पुरुषहरुले सामाजमा व्याप्त बालविवाह तथा कुरितिहरु रोक्न सफल भएका सफल कथाहरु समेत बाचन गरी उपस्थित सहभागिहरुको मनोबल उच्च बनाएका थिए । कार्यक्रमको खुल्ला सत्रमा अन्य विभिन्न संघसंस्थाहरुबाट उपस्थित भएका सहभागिहरुले आफ्ना विशेष सुझावहरु समेत राखेका थिए । कार्यक्रमको संचालन तथा उद्घोषण ममता झाले गरेका थिए । कार्यक्रममा एकडारा गाउँपालिकाका वडाध्यक्षहरु,स्थानिय जनसमुदाय,विभिन्न धर्मका गुरुहरु,समाजसेवी,बुद्धिजिवि,पत्रकार तथा सुरक्षाकर्मीको समेत उपस्थिति रहेको थियो ।