सबल विश्व दृष्टिकोण तालिम

जलेश्वरटुडे
धनुषा, २७ श्रावण
जनकपुरधामको सिताशरण होटलको बैंक्वेट हाँलमा बुधबार निरन(राष्ट्रिय अन्तरधार्मिक संजाल) नेपाल र वल्र्ड भिजनको सहकार्यमा ३ दिने सबल विश्व दृष्टिकोण सम्बन्धि तालिम समपन्न भएको छ । महोत्तरी,सर्लाही र रौतहटका धर्मगुरुहरुलाई लक्षित गरी सबल विश्व दृष्टिकोण सम्बन्धि तालिम अवधिमा आइडेन्टिटि(परिचय),भिजन(दूरदृष्टि),कम्पैशन(करुणा),रिलेशनशिप(सम्बन्ध विस्तार) र फेथ इन एक्सन(विश्वासको कार्यान्वयन) बारे विभिन्न माध्यमबाट धर्म गुुरुहरुलाई विस्तृत रुपमा जानकारी गराइयो ।

कार्यक्रममा डा.अब्दुल रहिम मिकरानी, डा.नम्रता पाण्डे,शेख नाहिदा बानो,वल्र्ड भिजनका तेजेन्द्र मगर मिलेर पालै पालो इडब्लुभिको ५ वटै कम्पोनेन्टको बारेमा प्रशिक्षण गर्नुभएको थियो । तालिमको अन्तिम दिन धर्मगुरुहरुले यस अवधिमा के—के सिक्नु भयो भन्ने बारे ं मुल्याँकन गरिएको थियो । तालिमको मुल जिस्टको रुपमा धर्मगुरुहरुले यहाँबाट तालिम लिई सकेपछि आफ्नो समाजलाई स्थानिय उपलब्ध स्रोतसाधनहरु र स्थानिय विभिन्न निकायको सहयोगमा पिछिडिएका तथा गरिब समुदायलाई करुणाका साथ सहयोग गर्न गराउन सबल हुने प्रशिक्षक मगरले बताउनुभयो । तालिममा समाजलाई सहयोग गर्न धर्मगुरुहरुले ब्रेन,हार्ट र पाँकेटको सिद्धान्तको अबलम्बन गर्न सिकाइयो ।

धर्मगुरुहरुले आउने ३ देखि ४ महिनामा लक्षित वर्गलाई आर्थिक रुपमा सबल पार्न आ—आफ्ना जिल्लाका कार्य योजना समेत प्रस्तुत गर्नु भएको थियो । तालिमलाई अझै राम्रो गर्नको लागि धर्मगुरुहरुबाट आवश्यक परामर्श समेत लिइएको थियो । तालिमको पहिलो दिन तालिमको विधिवत रुपमा उद्घाटन निरन नेपालको अध्यक्ष हर्ष थापाले गर्नुभएको थियो भन्ने अन्तिम दिन समापन निरन नेपालको महोत्तरी जिल्ला कार्य समितिको अध्यक्ष हरि नारायण झाले गर्नु भएको थियो । प्राविधिक तथा विविध सहयोग प्रो.अफिसर आशिश चौधरी र दिपक कुमारले गर्नु भएको थियो ।