वर्ल्ड भिजन ईन्टरनेशनल नेपालसंगकाे साझेदारीमा निरन नेपाल द्वरा संचालित मोरल भ्यालु परियोजनाको संयुक्त अवलोकन तथा अनुगमन सम्पन्न भएको छ ।
वर्ल्ड भिजन ईन्टरनेशनल जापानबाट धर्म र विकास निकायका युतुका ,वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल धर्म र विकास निकायका तेजेन्द्र बुढा मगर,वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल पुर्व फिल्ड संचार निकायबाट प्रमिल अधिकारी तथा निरन नेपालबाट केन्द्रिय सदस्य सुस्मिता तिवारी सहितको टोली सर्लाहीको हरिपुर्वा नगरपालिका -९ मा निरन नेपालद्वारा संचालित परियोजनाको शुक्रबार अवलोकन तथा अनुगमन गरेको छ ।
वर्ल्ड भिजनको सहकार्यमा हरिपुर्वा नगरपालिकामा बागमती सेवा समाज,आर आर पि के र निरन नेपालद्वारा बालस्पोन्सरशीप,पाेषन, जिविको पार्जन र मोरल भ्यालु परियोजनाअन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएका छन् ।
सो अन्तर्गत निरन नेपालद्वारा अन्तर धार्मिक संजाल गठन गरि परम्परागत हानिकारक अभ्यासहरु न्यूनीकरणका लागि धर्म गुरुहरु परिचालन गरि कार्यहरु गर्दै आएको छ ।विभिन्न धर्म गुरुहरुले समुदायमा बालबालिका,स्थानिय महिला र युवहरुलाई धार्मिक अवधारणा तथा कानुनी प्रवधान बारे जनचेतना मुलक कार्यक्रम संचालन गर्दै आएका छन् ।


अवलोकन कार्यक्रममा निरन नेपाल मधेश प्रदेश कार्यक्रम अधिकृत आशिष चौधरी,कार्यक्रमा अन्तरधार्मिक संजाल सर्लाहीका जिल्ला अध्यक्ष डा.अब्दुर रहिम मिकरानी,जिल्ला सचिब तिलक क्षेत्री, अन्तर धार्मिक महिला संजालकि अध्यक्ष लक्ष्मी सुनुवार,हरिपुर्वा नगर स्तरिय अध्यक्ष गुडु कुमार झा,ईश्वरपुर नगर स्तरिय अध्यक्ष मैलाना महमुद अंसारी,चन्द्रनगर गापा स्तरिय सचिब मैलाना अलि हुसैन, मौलाना कारी हुसैनको उपस्थिती रहेको थियो ।
यसैगरी महोत्तरी र रौतहटमा वर्ल्ड भिजन ईन्टरनेशनल नेपालसंगकाे साझेदारीमा निरन नेपाल द्वरा संचालित मोरल भ्यालु परियोजनाको संयुक्त अवलोकन तथा अनुगमन गरिएको निरन नेपालका मधेस प्रदेश कार्यक्रम अधिकृत आशिष चौधरीले बताउनुभयो ।